सार्वजनिक सेवा प्रवाह

सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमका बारेमा लेख्नुहोस् ।
उत्तरः
सार्वजनिक सेवा प्रवाह
सरकार वा यसका आधिकारिक संगठनले जनसाधारणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिफोन, हुलाक, यातायात, सुरक्षा जस्ता जनतालाई उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ । यसप्रकारको सेवा सरल एवं छिटोछरितो तरिकाले जनतासमक्ष पु¥याउने कार्य सार्वजनिक सेवा प्रवाह हो । औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९औँ शताब्दीतिर सार्वजनिक सेवाको अवधारणाको विकास भएको हो ।
सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमहरू
सरकारी माध्यम वा निकाय
यसअन्र्तगत मन्त्रालयहरू, सचिवालयहरू, विभागहरू, आयोगहरू, संवैधानिक निकायहरू, सर्वोच्च अदालतदेखि मातहतका अन्य अदालतहरू, क्षेत्रिय कार्यालयहरू, जिल्ला स्तरका कार्यालयहरू र स्थानीय निकायहरू आदि पर्दछन् ।
निजी माध्यमहरू
निजीक्षेत्रमा स्थापित विभिन्न संघसंस्था तथा व्यपारिक एवं औद्योगिक प्रतिष्ठानहरू ।
सामुदायिक संगठन र स्वायत्त निकायहरू
विभिन्न सार्वजनिक संस्थान, दुरसंचार, खानेपानी, विकास समिति प्राधिकरण, प्रतिष्ठान,
निगम आदि जस्ता निकायहरू र अन्य स्वायत्त निकायहरू
गैर सरकारी माध्यम वा निकाय
गैर सरकारी स्तरमा स्थापित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरू
नागरिक समाज
सार्वजनिक हित तथा सरोकारका लागि स्वतस्फूर्त स्थापित विभिन्न नागरिक समूहहरू ।
सरकारी निजी साझेदारी माध्यम
सरकारी क्षेत्र र निजी क्षेत्रको सहकार्य मार्फत क्रियाशिल हुने सेवा प्रदायकहरूBOT, BT, BOOT etc) ।
सञ्चार माध्यमहरूः
पत्रपत्रिका, रेडियो, टेलिभिजन, टेलिफोन आदि

प्रश्नः सार्वजनिक सेवा प्रबाहमा समेटिने बिषयहरू प्रष्ट पार्दै सार्वजनिक सेवाका
प्रकारहरू उल्लेख गर्नुहोस् ।
उत्तरः
सार्वजनिक सेवा प्रवाह (Public Service Delivery)सरकार वा राज्यले नागरिकलाई प्रदान गर्नुपर्ने सेवाहरूलाई छिटो छरितो, मितव्यायी एवं प्रभावकारी रूपले उपलब्ध गराउने प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो । सार्वजनिक सेवाहरू जनताले अनुभूति गर्ने गरी प्राप्त गर्न सक्ने अवस्थाको
सिर्जना हो सार्वजनिक सेवा प्रवाह । सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक र सेवाका उपभोक्ता रहन्छन् । सेवा प्रदायक मुख्यत सरकार हुन्छ भने अप्रत्यक्षरूपमा अन्य सार्वजनिक संगठनहरू,रहन्छन् । यसका उपभोक्ता भनेका जनता नै हुन् ।
सेवाप्रवाह भित्र निम्न कुरा समेटिन्छन्
(१)सेवाको पद्धति, लक्षित सेवाग्राही, सेवा प्रवाह गर्ने जिम्मेवार निकाय, सेवाका शर्त सहितको ब्यवस्था,
(२)सेवा प्रदान गर्ने/प्राप्त हुने स्थान ,
(३)सेवा प्रदान हुने दिन/समय,
(४)सेवाको लागि लिनु पर्ने मूल्य वा योगदान ,
(५)सेवा प्रदान गर्ने तरिका÷प्रक्रिया ,
(६)सेवा प्रवाहको अनुगमन, मूल्यांकन र प्रतिवेदन ।
सार्वजनिक सेवाको प्रकारहरू
परम्परागत सेवाः
राजस्व संकलन, नागरिकको जीउधनको सुरक्षा र प्रतिरक्षा, राज्को सार्वभौमसत्ताको रक्षा,
नियमनकारी सेवाः
ऐन,कानूनको तर्जुमा र पालना,
आधारभूत आवश्यकताको सेवाः
खाद्यान, लत्ताकपडा र आवासको ब्यवस्था
मानवीय विकास सम्बन्धी सेवाहरूः
शिक्षा, स्वास्थ्य, खानेपानी,तालिम आदि
पूर्वाधार विकास सेवाः
कृषि, सिचाई,सन्चार र यातायात सम्वन्धी पूर्वाधार को निर्माण,
कल्याणकारी सेवाः
पिछडिएको वर्ग, क्षेत्र, समुदायको हीत अभिवृद्धि गर्न दिइने सेवा जस्तोः वृद्ध, असाहय भत्ता, प्रसूती भत्ता आदि
व्यवसायिक सेवाः
नागरिकहरूको आर्थिक–व्यवसायिक क्षमता बढाउन दिइने
सेवा जस्तैः वैकिङ्ग÷वित्तीय सेवा, सहुलियत कर्जा कार्यक्रम आदि
प्रवद्र्धनकारी सेवाः
नागरिक हित प्रवद्र्धन गर्न र जनताको क्षमता, दक्षता अभिवृद्धि गर्न दिइने सेवा जस्तोः शिक्षा, स्वास्थ्य, तालीम, रोजगारी सूचना आदि ।
मनेरन्जनात्मक सेवाः
पार्कको निर्माण, नाचघर,चलचित्र आदि,
आकस्मिक सेवाः
आकस्मिक रूपमा आइपर्ने समस्या समाधानका लागि प्रदान गरिने सेवा जस्तै प्राकृतिक प्रकोपबाट उद्धार, आगलागी नियन्त्रणमा
दमकल सेवा, भोकमरी नियन्त्रण गर्न खाद्यान्न आदि ।

Leave a comment