जिन्सी व्यवस्थापन

जिन्सी स्रेस्ता प्रणाली
परिचय
अरबी शब्द जिनिसबाट आएको जिन्सी शब्दले नगद बाहेकका माल, वस्तु वा सामाग्रीलाई जनाउँछ । जिन्सी कार्यालयको सम्पत्ति हो र कार्यसञ्चालनको साधन पनि हो । कार्यालयमा टेबुल, दराज, कम्प्युटर, रजिष्टर आदि सामानहरू जिन्सी सामग्रीका उदाहरण हुन् । नेपाल सरकारको जिन्सी लेखा/स्रेस्ता प्रणाली वि.सं. २०२० सालमा सुरु भएको हो ।

जिन्सी लेखा/स्रेस्ता प्रणाली (ना.सु.२०७१)
जिन्सी माल वस्तुको आम्दानी तथा खर्च के कसरी भयो ? कुन सामान के कस्तो अवस्थामा छ । सो देखाउने लगायत जिन्सी व्यवस्थापनका काम कारवाहीलाई व्यवस्थित गराउन राखिने लेखालाई जिन्सी लेखा भनिन्छ । अर्थात जिन्सी लेखा जिन्सी सामान सम्बन्धी लेखाङ्कन हो । जिन्सी स्रेस्ता प्रणालीलाई जिन्सी लेखा प्रणाली पनि भनिन्छ । नेपाल सरकारको जिन्सी स्रेस्ता प्रणाली २०२० सालमा सुरु भएको हो । यो नयाँ स्रेस्ता प्रणालीको एक अभिन्न भाग पनि हो ।

जिन्सी लेखाको उद्देश्य
• जिन्सीको उपयोगलाई व्यवस्थित गर्ने,
• जिन्सी सामानलाई खोजेको बखत पाउन सहज गराउनु,
• जिन्सीको आपूर्तिलाई सहज बनाउनु,
• जिन्सी नियन्त्रण गर्नु,
• जिन्सी सामानको सुरक्षा गर्नु,
• मितव्ययिता कायम गर्नु ।
• जिन्सी सामानको लिलाम बिक्री, मिन्हा र हस्तान्तरणको लेखा राख्नु,
• जिन्सी आम्दानी खर्च र बाँकीको अवस्थालाई अभिलेख राख्नु,
• व्यवस्थापनलाई आर्थिक निर्णय गर्नका लागि आधार तयार गर्नु,

जिन्सी लेखाको फाइदा तथा महत्व
• जिन्सी सामानको सुरक्षा हुन्छ ।
• खोजेको बखत पाउन सकिन्छ ।
• काम लाग्ने र नलाग्ने जिन्सी सामाग्री छुट्याउन सकिन्छ ।
• जिन्सी सामग्री खर्च नियन्त्रण गर्न सकिन्छ ।
• भविष्यमा आवश्यक पर्ने जिन्सीको अनुमान गर्न सकिन्छ ।
• जिन्सीको आम्दानी खर्च र बाँकीको अवस्था थाहा पाउन सकिन्छ ।
• निर्णयकर्तालाई आधार प्रदान गर्दछ ।

नेपाल सरकारको जिन्सी लेखाको सुरुवात
• नेपालमा २०२० साल अगाडि पुरानै स्रेस्ता प्रणालीबाट स्रेस्ता राख्ने गरिएको,
• २०२० साल माघ १ मा नेपाल सरकारको जिन्सी स्रेस्ताको सुरुवात भएको पाइन्छ,
• म.ले.प.फा.नं.४५ देखि ५७ सम्ममा जम्मा १३ फारामहरू मध्ये म.ले.प.फा.नं.५४ निकासी टिप्पणी खारेज गरी बाँकी १२ फारामहरू प्रयोगमा छन् ।

Leave a comment